animated ellipse animated ellipse

विद्यार्थीको प्रमुख छान्न विराटनगरको एभरेष्ट स्कुलमा निर्वाचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० बैशाख २०८१, आईतवार १९:२४
99
Shares
विराटनगर / विद्यालय तहदेखि नै लोकतान्त्रिक विधि र प्रकृयाको अभ्यास गराउन विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले विद्यार्थीको प्रमुख तथा उपप्रमुख चयनका लागि निर्वाचन गराएको छ ।

आम निर्वाचनमा जस्तो सम्पूर्ण प्रकृया पुरा गराएर आज सम्पन्न निर्वाचनले एक वर्षीय कार्यकालका लागि प्रमुख र उपप्रमुख निर्वाचित गरेको छ । आधारभूत र माध्यामिक दुई तहका लागि प्रमुख (प्रिफेक्ट) र उपप्रमुख ( डिपुटी प्रिफेक्ट) निर्वाचित भएका हुन् ।

प्रमुख र उपप्रमुखले विद्यार्थी र विद्यालयका बिचमा बसेर समन्वय गर्ने तथा विद्यार्थीको हकहितमा भूमिका खेल्नेछन् । आधारभूत तहमा प्रमुखमा कक्षा ८ की अविज्ञा घिमिरे निर्वाचित भइन भने उप प्रमुखमा पनि कक्षा ८ कै हर्षितप्रताप सिंह निर्वाचित भए। ५ जना प्रतिष्पर्धिका बिच उनीहरु निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त तथा विद्यालयका सहायक प्राचार्य नारायण कडरीयाले जानकारी दिए। यस्तै माध्यामिक तहमा ५ जना प्रतिष्पर्धि सबैभन्दा बढी मत ल्याएर प्रेम खतिवडा प्रिफेक्ट बन्दा ८ जना प्रतिष्पर्धिमा सबैभन्दा बढी मत ल्याएर आयुस्मा गिरी उपप्रमुख निवाचित भइन् ।

प्रजातन्त्रको मूल्य मान्यता सिकाउँदै नेतृत्व विकास गराउनका लागि निर्वाचनका सबै प्रकृया पुरा गराइएको प्रिन्सिपल टिकाराम पुरीले बताए। उनले विद्यार्थीमा सहकार्य, समन्वय र प्रतिष्पर्धि बन्न अभिप्रेरित गर्ने तथा प्रतिष्पर्धामा हार र जितलाई स्वभाविक रुपमा लिन सिकाउने विश्वास ब्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर