RUMPUM
animated ellipse animated ellipse

नेपाल पत्रकार महासंघ स्थापना दिवसमा प्रभातफेरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ चैत्र २०८०, शुक्रबार १७:३९
45
Shares
विराटनगर / नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको उपलक्ष्यमा मोरङ शाखाले आज विराटनगरमा प्रभातफेरी, कोण सभालगायतको कार्यक्रमको आयोजना मनाएको छ ।

महासंघ मोरङ शाखाको कार्यालय कलेज रोडबाट निस्किएको प्रभातफेरीले महेन्द्र चोक, भट्टीमोड, शनिमन्दिर रोड, जलजला चोक, बुधहाट चोक, ट्राफिक चोक हुँदै पुन ः कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, विभिन्न गैर सरकारी संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, विभिन्न पत्रकार संघसंगठनकाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कोण सभामा महानगर प्रमुख कोइरालाले सञ्चारकर्मीहरुले सत्यतथ्यको आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गर्दै समाजमा पछाडि परेका जनताका समस्यालाई प्रमुखता दिन आग्रह गरे ।उनले महानगरको काम कारवाहीकोप्रति समाचारमा आउने स्वस्थ आलोचनाको स्वागत गर्दै सञ्चारकर्मीहरुको वृत्ति विकासमा महानगरको सदैव साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त्त गरे ।

महासंघका मोरङका कार्यवाहक सभापति तारा आचार्य, सचिव नेत्र पि अधिकारी, पूर्वसभापतिद्वय यज्ञ शर्मा र बन्धु पोखरेलले सञ्चारकर्मीहरुले पूर्वाग्रहरहित भएर समाचार सम्प्रेषण गर्नका साथै प्रविधिको प्रयोगमा गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर