विराटनगर/ विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ फरार भएका भारतका मोस्ट वान्टेडको फरार सूचीमा रहेका एक जना गिरोह पेस्तोलसहित विराटनगरमा पक्राउ परेका छन् ।
भारतीय प्रहरीको फरार सूचीमा रहेका जोगबनी नगर पञ्चायत – ९ इन्द्रा नगरका ४१ वर्षिय पप्पुकुमार पटेल पेस्तोल र लागूऔषधसहित पक्राउ परेका हुन् ।
‘पप्पुले पेस्तोल र अवैध लागूऔषध नेपालतिर ल्याउन निक्कै चलाखी गरेको देखियो,’ सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलले भने, ‘ हुलिया बदलेर कवाडी संकलन गर्न हिड्ने गरेका रहेछन् । प्रहरीले संका लागेपछि चेकजाँच गरेको थियो । उनले बोकेको प्लाष्टिकको झोलादेखि पेस्तोल र लागूऔषध बरामद भयो ।’ सशस्त्र प्रहरीले कटुवा पेस्तोल र दुई वटा कालो प्लास्टिकको झोलामा राखेको लागुऔषध एभिल इन्जेक्सन २ सय ९२ एम्पुल र लुपिजेसिक इन्जेक्सन २ सय ९५ एम्पुल बरामद गरेको हो ।
पक्राउ परेका पप्पुले यसअघि भारतीय व्यापारीहरूसँग पेस्तोल देखाएर चन्दा असुली गरेको आरोप छ । ‘यस अघि पनि पप्पुले भारतमा विभिन्न अपराध गरि फरार अभियुक्त हुन् । खोजी कार्य तिव्र बनाएको छ । उनले भारतमा व्यापारीलाई धम्काउनेदेखि चन्दा असुलीसम्मको अपराधिक धन्दा चलाएर प्रहरीमा परेको उजुरी धेरै रहेको छ । त्यही भएर पप्पु भारतीय प्रहरीको मोस्ट वान्टेट सूचीमा रहेका छन्,’ सुरक्षा स्रोतले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया