AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रिसाएका १० लाख मतदातालाई पार्टीमा फर्काउने सभापति थापाको दावी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०८३, बुधबार १८:०९
144
Shares
विराटनगर / नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताएका छन्।

नेकां कोशी प्रदेश समितिल आज विराटनगरमा आयोजित प्रदेशस्तरीय समीक्षा गोष्ठीमा उनले युवाहरुलाई पार्टी, इतिहास, विगतमा गरेका कार्यहरु, सुशासन कायम राख्न गरेका कार्य र मुलुकको विकासमा यसको योगदानका विषयमा जानकारी दिनु आवश्यक रहेको बताए ।

सभापति थापाले स्थानीय र प्रदेशमा अहिले पनि धेरै स्थानमा नेकांको सरकार रहेकोले यसले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनहितको पक्षमा कार्य गर्नुपर्नेमा जोड दिए। उनले नेकांलाई स्मार्ट बनाउन क्रियाशिल सदस्यहरुको नवीकरण अद्यावधिक गर्न लागेको हो भन्दै पार्टीका जेष्ठ सदस्यहरुको सदस्यता एतिहासिक भएकोले यसलाई डिजिटल गरी सुरक्षित गरिने प्रष्ट पारे।

आगामी १५ औ महाधिवेशनमा सबैलाई सहभागी गराउने जिम्मेवारी आफ्नो रहेको हो भन्दै सभापति थापाले रिसाएका १० लाख मतदातालाई पार्टीमा फर्काउने दावी गरे। उनले पार्टीमा चार पुस्तालाईसंगै मिलाएर संगठन मजवुद गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर