खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिका– ८ का ५६ वर्षीय खतिवडाको धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार बेलुका ७ बजे मृत्यु भएको हो ।
खतिवडालाई बैशाख १० गते कोरोना पोजेटिभ देखिएको थियो । नोबेल मेडिकल कलेज हुँदै उनलाई सोही दिन विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
साझेदारीमा खतिवडाले विराटनगरमा हङ्श बाहिनी प्रिन्टर्स एण्ड पब्लिकेसन सञ्चालन गर्दै आएका थिए । मुद्रण व्यावसायी संघमा आवद्ध खतिवडा नेकपा एमालेको क्षेत्रिय कमिटिमा पनि रहेको मुद्रण व्यवसायी नबिन गिरीले जानकारी दिए ।