AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तीन दिन विराटनगरका विद्यालय बन्द गर्ने महानगरको निर्णय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ असार २०७९, मंगलवार १९:१५
5.67k
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा आज साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । प्रमुख कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहित १९ वटै वडाका वडाध्यक्षहरूको उपस्थितिमा बसेको बैठकले बर्खे विदामा कटौती गर्ने गरी तीन दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

त्यस्तै अविरल वर्षाका कारण महानगरका विभिन्न क्षेत्रहरू डुबानमा परेको र डुबानको प्रकोप अझ बढ्ने सम्भावना रहेकाले आमनागरिकको सुरक्षाका लागि सामुदायिक, संस्थागत र परम्परागत विद्यालयहरूसहित सामुदायिक भवनहरूलाई आवासका लागि व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । महानगरको विपद व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानका अनुसार बैठकले वडास्तरमा वडाध्यक्षहरूसँग समन्वय गरी डुबान खोल्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर