animated ellipse animated ellipse

आरके सेन्टरमा नयाँ व्यवस्थापक, श्रावण १८ बाट छुटै छुटको बहार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ श्रावण २०७९, शनिबार १८:५१
1.48k
Shares
विराटनगर/ विराटनगरको हाटखोलास्थित आरके सिटी सेन्टरमा नयाँ व्यवस्थापकले जिम्मेवारी लिएर सञ्चालनमा आएको मलमा छुट योजना लिएर आउने भएको छ । एउटै छानामुनि उपभोक्ताको रोजाइ अनुसारको सामाग्रीहरू पाइने यो आरके सेन्टरमा असार १८ गतेदेखि छुट योजना लिएर आउने भएको हो ।

आरके सेन्टरका प्रमुख व्यवस्थापक संजीव गजमेरका अनुसार नयाँ व्यवस्थापकले जिम्मेवारी समालेपछि उपभोक्ताको अभिरुचिलाई ख्याल गर्दै छुट योजना लिएको आउन लागेको जानकारी गराए । ‘हरेक सामानमा हामीले उपभोक्ताहरूलाई छुट योजना लिएर आउँदैछौं,’ व्यवस्थापक गजमेरले भने, ‘आरके सेन्टरले ल्याउन लागेको योजना बम्पर रहेको छ ।’ उनका अनुसार हरेक सामानको खरिदमा उपभोक्ताहरूले ‘क्यास ब्याक’ भौचर प्राप्त गर्नेछन् । १ सयको सामान खरिद गर्ने ग्राहकले ५० रुपैयाँका क्यास ब्याक भौचर पाउनेछन् । ‘क्यास ब्याक भौचर पाएका ग्राहक महानुभावहरूले आरके सेन्टरमा रहेको गार्मेन्ट सामान खरिद गर्न पाउँछन्,’ उनले भने ।

नयाँ व्यवस्थापकले श्रावण १८ गते जिम्मेवारी समालेपछि त्यस दिन आरके सिनेमा निःशुल्क सो रहनेछ । २ सय २० सिट क्षमताको आरके सिनेमा रहेको छ । आरके सेन्टरको पहिलो तलामा घरायसी सामाग्रीहरू रहेको छ । यस तलामा रहेको खाद्य सामाग्री खरिद गर्दा ग्राहकले क्यास ब्याक भौचर प्राप्त गर्नेछन् । यस्तै दोस्रो तलामा रहेको गार्मेन्टमा ९९ सय रुपैयाँबाट सुरु हुने लत्ताकपडा ९ हजार ९ सय ९९ रुपैयाँसम्मको रहेको छ । लत्ताकपडाको खरिद पनि क्यास ब्याक प्राप्त गर्नेछन् ।

यस्तै तेस्रो तलामा ब्रान्डेट सामाग्रीहरू रहेको छ । जसमा ४० देखि ६० प्रतिशतसम्म छुट दिइनेछ । चौथो तलामा फनिचरको सामाग्रीहरू रहेको छ । मोड्न फनिर्चरको सामाग्रीहरूमा ५० प्रतिशतसम्म छुट दिने तयारी गरेको छ । पाँचौँ तलामा जिम व्याम शाला रहेको छ । साउन १८ गते आउने ग्राहकको एडभिसन निः शुल्क रहनेछ । अरुबेला आउने ग्राहकलाई जिममा एडभिसन शुल्क ५ सय तोकेको छ ।

यस्तै छैठौ तलामा सिनेमा हल र सातौँमा स्काइ रेस्टुरेन्ट रहेको छ । रेस्टुरेन्टमा १५ प्रतिशत छुट दिने व्यवस्थापक गजमेरले जानकारी दिए । स्विमिङ्ग पुलमा भारी मात्र र तेल, चामलमा पाँच प्रतिशत छुट दिने भएको छ । चिनी प्रतिकेजी ७० रुपैयाँमा पाइन्छ । यस्तै फलफूल र तरकारीहरुमा पनि १० प्रतिशत छुट दिने बताइएको छ । ‘यी बसै छुट योजना असार १८ गतेदेखि लागू हुनेछ,’ उनले भने ।

नयाँ व्यवस्थापकले जिम्मेवारी लिएपछि १८ असारमा एक कार्यक्रम गरि औपचारी रुपमा आरके सेन्टर संचालन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर