खबर पूर्वाञ्चल
विराटनगर स्थित युनिभ कलेज र मोर्डनएरा स्कूलको संयुक्त आयोजनामा नेपाल मास्क अभियान सञ्चालन गरिएको हो । भदौ १ गते देखि संचालित अभियान आज सम्पन्न भएको छ ।
कोरोनाको महामारीको संक्रमणलाई न्यूनिकरण गर्ने सामाजिक दायित्व वहन गर्दै अभियान सञ्चालन गरिएको क्याम्पस प्रमुख ठाकुर भण्डारीले बताए। विराटनगरका बरगाछी, कञ्चनबारी, ढाट, पुष्पलाल चौक र बुढिगंगा गाउँपालिकाको टंकिसिनवारी चौकमा बसेर कलेज र स्कूलका विद्यार्थीहरुले माक्स, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
विद्यार्थीहरुको समूहले माक्स प्रयोग नगरि हिड्ने यात्रु र बटुवाहरुलाई माक्स प्रयोग र यसको उपयोगिताको बारेमा जानकारी गराउँदै माक्स वितरण गर्दा प्रभावकारी भएको मोर्डनएराका प्रिन्सिपल इन्द्र राईले बताए । तीन दिनको अभियानमा दश हजार माक्स वितरण गरिएको कलेजले जनाएको छ ।