AArya
RUMPUM
animated ellipse animated ellipse

साहित्यकार भट्टराईको ‘मनोभिराम’ मुक्तकसंग्रह विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०८१, बुधबार १९:०२
198
Shares
विराटनगर / साहित्यकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा लिखित मनोभिराम मुक्तकसंग्रह विमोचन गरिएको छ ।

नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘माार्सेली’, साहित्यकारसमेत रहेका नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, अग्रज साहित्यकार तारानाथ पोखरेललगायतले संयुक्त रुपमा मुक्तकसंग्रहको विमोचन गरे ।

विमोचित मुक्तकसंग्रहको समीक्षा समालोचक भूषण ढुंगेलले गरे । उनले संग्रहमा लेखकले राजनीतिक र सामाजिक विकृतिलाई सशक्त रुपमा उठाएको बताए । पाठकले सबै स्वादका मुक्तक पढ्न पाउने समीक्षक ढुंगेलको भनाइ थियो ।

कार्यक्रममा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’, मञ्जु घिमिरे दाहाल, रोहिन सैजु, मञ्जुश्री गिरी, नानुमैया दाहाल, मदन भण्डारी, निर्मला कोइराला, राधा भट्टराई, तारानाथ पोखरेललगायतले संग्रहभित्रका मुक्तक वाचन गरे । सो अवसरमा प्रमुख अतिथिसमेत रहनुभएका विवश पोखरेलले मुक्तकका पाठक र लेखक बढ्दै गएको दाबी गरे ।

मुक्तक लेखनतर्फ पछिल्लो समय स्रष्टाहरुको आकर्षण बढ्नु खुसीको विषय भएको पोखरेलले बताउनुभयो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले मुक्तक प्रतिष्ठानमा पुस्तक प्रकाशनका लागि कोष स्थापना गर्ने घोषणा गर्नुभयो । त्यसका लागि उहाँले व्यक्तिगत रुपमा १० हजार रुपैयाँमा कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाए । उनका अनुसार कोषमा जम्मा भएको रकमबाट मुक्तकसंग्रह प्रकाशित गर्न २० देखि ३० हजार उपलब्ध गराइनेछ । सो रकम ६ महिनासम्म निब्र्याजी चलाउन दिइने उहाँले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर