animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेश १ मा १५ जनाको मृत्यु, मृतकको संख्या ९७१ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ जेष्ठ २०७८, आईतवार १९:०७
1.07k
Shares
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या २९१ महिला र ६८० जना पुरुष गरी ९७१ पुगेको छ ।

प्रदेश १ को विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा १५ जना संक्रमणको मृत्यु भएको सामाजिक विकाश मन्त्रालयले जनाएको हो ।

मृत्यु हुनेमा ६ महिला र ९ पुरुष रहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी मोरङका ५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा रहेको छ । यस्तै झापाका ३, सुनसरी र उदयपुरका २–२,संखुवासभा र इलामका १–१ जना तथा प्रदेश १ बाहिरका १ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा सवैभन्दा बढी ४ जना संक्रमितको मृत्यु भएको छ भने धरानको विपि विज्ञान प्रतिष्ठान र बुढीगंगामा रहेको विराट शिक्षण अस्पतालमा ३–३ जना तथा अन्य आइसोलेनसमा ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर