RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा पछिल्लो समयमा संक्रमण दर घट्दै, ३२० जना संक्रमणमुक्त हुँदा थपिए १६८ जनामा संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ आश्विन २०७८, आईतवार १७:०४
486
Shares
विराटनगर / प्रदेश १ मा पछिल्लो समय संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने १६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमणमुक्त हुनेमा १६५ महिला र १५५ पुरुष रहेका छन् । ८५५ जनाको पीसीआर परीक्षण गर्दा १४८ र १८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६, सुनसरीमा २०, इलाममा ५, उदयपुरमा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १५, मेचीनगर र बुद्धशान्तिमा १०–१०, भद्रपुरमा ७, अर्जुनधारा र दमकमा ६–६, कनकाईमा ५, कमल गाउँपालिकामा ४, हल्दिबारीमा ३, गौरादह, कचनकवल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३३, रतुवामाई र सुन्दरहरैचामा ४–४, रंगेलीमा २, बुढीगंगा, उर्लाबारी र मिक्लाजुङमा १–१ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको इटहरीमा ११, धरानमा ३, गढी र इनरुवामा २–२, बराहक्षेत्र र दुहवीमा १–१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र मांसेबुङमा १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १–१, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर