AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सन्थाल संघमा अध्यक्षको मनोमानी, हिसाब सार्वजनिक गर्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ भाद्र २०७८, बुधबार १७:१८
495
Shares
विराटनगर / नेपाल सन्थाल आदिवासी उत्थान संघको केन्द्रीय समितिका अध्यक्ष लुखिराम हस्ताको संघमा मनोमानी बढेको भन्दै आठ वर्षदेखि नगरेको हिसाब सार्वजनिक गर्न माग गरिएको छ ।

सन्थाल नागरिक समाजले विराटनगरमा आज पत्रकार सम्मेलन गरि संघको आठ वर्षदेखि वार्षिक साधरण सभा नगरि अध्यक्ष हस्दाले मनोमानी ढंगले सघ चलाएको आरोप लगाउँदै तत्काल संस्थाको हिसाव किताब सार्वजानिक गर्न माग गरेका हुन् ।

नेपाल सन्थाल आदिवासी उत्थान संघको विगतमा नियम अनुसार वार्षिक साधरण सभा र अधिवेशन हुदै आएको थियो । ‘हस्ता अध्यक्ष भएर आएपछि संघको कुनै पनि हिसाब किताव सार्वजनिक गरिएको छैन । अहिलेसम्म साधरणसभा पनि भएको छनै,’ सन्थाल नागरिक समाजका ंसंयोज तथा संघको पूर्वमहासचिब समेत रहेका लखन हस्दाले भने, ‘विभिन्न दातृ निकायदेखि आएको बजेट वर्तमान अध्यक्षसहितका पदाधिकारीहरू मिलेर संघको पैसाँ हिनामिना गरेको कारणले हिसाव सार्वजनिक नभएको हो ।’ उनले तत्काल संघले सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरि पारदर्शी ढंगले हिसाब सार्वजनिक गरिनुपर्ने बताए ।

संघलाई नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठानले वार्षिक १० लाख रुपैयाँ सहयोग गर्ने गरेको थियो । ‘लाहुर्निपसहति अन्य विभिन्न दातृ निकायहरूले पनि सन्थाल सामुदायहरूको हकहितको लागि वार्षिक लाखौं बजेट आउने गरेको थियो,’ पत्रकार सम्मेलनमा लखन हस्दाले भने, ‘संघको लेखापरीक्षण गरि वर्तमान कार्यसमितले साधरणसभा आव्हान यर्थात खर्चको बिवरण सार्वजानिक गरिनु पर्दछ ।’

सन्थाल सामुदायको हकहित र उत्थान र विकासको लागि २०५१ सालमा यो संस्था स्थापना भएको हो । यता संघका अध्यक्ष हस्दासँग सम्र्पक गर्न खोज्दा सम्र्पक हुन सकेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर