खबर पूर्वाञ्चल
विद्यालय परिसरमा उक्त फुट फिस्टा आयोजना गरेको हो ।
कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुलाइ विभिन्न समूहमा विभाजन गरेर विभिन्न परिकार पकाउने जिम्मेवारी दिएको थियो। प्रत्यक समुहमा शिक्षिकाहरु द्वारा निरीक्षण तथा सहयोग गरिएको थियो ।
आलु जीरा, मटर पनीर, सेलरोटी , चिकेन ग्रेभि , पुलाउ , टमटर र आलुको आचार, पकौडा, चना, पुरी , कोभी आलु , कफि जस्ता परिकारहरु बनाएका विद्यालयले जनाएको छ ।
फुड फिस्टामा विद्यार्थीहरुले खानपिनसंगै गायन तथा नृत्य पनि प्रस्तुत गर्दै मनोरन्जन गरेका थिए । विद्यार्थीहरुलाइ घरायसी सीप सङै ब्यवहरिक ज्ञान् प्रदान गर्दै आएको बिद्यालयको शिक्षिका तारा कटुवालले जानकारी दिइन् ।