animated ellipse animated ellipse

प्राडा विजुकुमार थपलिया भए पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ बैशाख २०८१, मंगलवार १९:५९
198
Shares
विराटनगर / पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलिया नियुक्ती भएका छन् ।

आज प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले प्राडा थपलियालाई पूविको उपकुलपतिमा नियुक्त गरेका हुन् ।

थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन् । पूवि प्राध्यापक संघले आफ्नो विश्वविद्यालय भित्रैबाट उपकुलपति नियुक्त हुनुपर्ने माग गर्दै आएको थियो ।

प्राडा थपलिया नियुक्तले आफ्नो मागमा सम्वोधन भएको पूवि प्राध्यापक संघका सभापति यज्ञराज कट्टेलले बताए ।

पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । उक्त समितिले पूर्वाञ्चलमा थपलिया, महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो ।

गठित समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेका थिए । विज्ञ समूहले कार्ययोजना सोचपत्रको मूल्यांकन गरी छनोट गरेको थियो ।

योग्यता र दक्षता अनुसार नै उपकुलपति नियुक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले दाबी गरेको छ । प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने दलीय भागबण्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्दै आएका थिए ।

पूविका उपकुलपति प्राडा यादवराज कोइरालाको चार वर्षे कार्यकाल २०८० फागुन १८ गते सकिएको थियो । उनको कार्यकाल सकिएसँगै रिक्त उपकुलपतिमा चिकित्साशास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेललाई बढीमा तीन महिनाको लागि जिम्मेवारी दिइएको थियो । शिक्षा मन्त्री सुमना श्रेष्ठ नियुत्त भएको भोलिपल्टै डा. पोखरेलले उपकुलपतिको जिम्मेवारी पाएका थिए ।

पूविको उपकुलपतिका लागि तोयनारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोखरेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटवाल, उमेश कोइराला, सञ्जेसप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशकुमार भट्टराई र महेशराज दाहालले आवेदन दिएका थिए ।

आवेदन दिएका मध्ये तोयनारायण पौडेल योग्यता प्राध्यापक नभएकोले १७ जनालाई प्रस्तुतीका लागि बोलाइएको थियो ।

तर त्यहीबीचमा सञ्जेशप्रसाद कोइरालाको निधन भएपछि १६ जनाले प्रस्तुती दिएका थिए । प्रस्तुतीमा सहभागी सबैलाई फेरि अन्तवार्तामा सहभागी गराई ती मध्येबाट तीन जनाको नाम उपकुलपतिको लागि सिफारिस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर