AArya
RUMPUM
animated ellipse animated ellipse

डिफेन्डिङ च्याम्पियन पुलिस दमक गोल्डकपको अन्तिम चारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ चैत्र २०७८, सोमबार १८:१३
171
Shares
दमक / डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको हो । टाइब्रेकरमा पुलिसका अजित भण्डारी, निरकुमार राई, कप्तान सुमन सुवेदी, सौजन याक्खा र जुमानु राईले गोल गरे । जितसँगै पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ ।

क्यामरुनी टोलीका लागि टाइब्रेकरमा मार्सेल, बेल, टोबेट र मार्टिनले गोल गरे । जोस्पिनको प्रहार भने गोल हुन सकेन । दुवै टोलीले आक्रमक खेल खेलेका थिए । यद्यपि निर्धारित समयमा गोल हुन सकेन । खेलको म्यान अफ द म्याच पुलिसका अञ्जन राई घोषित भए । उनले नगद दश हजार प्राप्त गरे । मंगलबारदेखि सेमिफाइनलका चरणका खेलहरु हुनेछन् ।

मंगलबारको पहिलो सेमिफाइनल खेल मनामस्र्याङ्दी क्लब र भारतको मानेभञ्ज्याङ क्लब दार्जिलिङबीच हुने आयोजकल जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर