RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा जितिया समारोह भब्यरुपमा सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ आश्विन २०८०, शनिबार १९:४८
1.13k
Shares
विराटनगर / अप्पन विराटगढ परोपकार समाजको आयोजनामा विराटनगरमा जितिया समारोह भब्यरुपमा सम्पन्न भएको छ ।

समाजले दुखको साथी नेपालसंगको सहआयोजनामा स्थानिय महेन्द्र मोरङ कलेज प्राङ्गणमा जितिया बिशेष कार्यक्रम गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा विराटनरसहित जनकपुर,राजविराजबाट आमन्त्रित कलाकारहरुका साथै विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरुले गित,संगित,नाटक र प्रहसन प्रस्तुत गरेका थिए ।

कार्यक्रम शुरु हुनुअघि नगरक्षेत्रमा झाँकी समेत निकालिएको थियो । कार्यक्रममा बीच विराटनगरका पत्रकारहरु सोनुकुमार दास,हुसैन शेख,देवनारायण साह,श्याम सुन्दर सुतिहार,रामप्रेम यादव र पुष्पराज थपलिया सहित सिमावर्ती बिहारका मैथिलभाषि पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार