पूर्वाञ्चल खबर
विराटनगर – ४ जामुनगाछीमा रहेको घरको मुल ढोकामा लगाएको ताला फोरेर करिव ८ लाख मुल्य बराबरको धनमाल चोरी भएको हो ।
कोरोना संक्रमितको उपचारमा मेडिकल अधिकृत साह कोशी अस्पताल कोभिड उपचार केन्द्रमा डियुटिमा खटिएका थिए । डियुटिमा खटिएको मौका पारी घरको ढोका फोरेर दराजमा राखिएको धनमाल चोरी भएको डा. साहले जानकारी दिए ।
मुल ढोका र बाहिरि गेटमा ताला लगाएर डियुटिमा गएको थिए । श्रीमती पनि माइत गएकी थिइन् । त्यही मौका छोपेर चोरी भएको रहेछ, डा. साहले भने । साहको घरदेखि चोरले दुई तोला सुन र अन्य धनमाल लुटपाट गरेको छ । ‘घरको मुल ढोकामा लगाएको ताला नभएको छिमेकीले जानकारी दिएपछि घर आएको थिए । घरमा आउँदा सामान छरपस्ट थियो,’ उनले भने, ‘दराजमा राखिएको एमबिबिएस उत्तिर्ण गरेको सार्टिपिकेट पनि छैन ।’ डा.साहले चोरी भएको घटनाको विषयमा मोरङ प्रहरीमा पनि जानकारी गराएका छन् । प्रहरीले घटनामा संलग्नको खोजी कार्य भइरहेको जानकारी गराएको छ ।