AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

होमआईसोलेसनमा रहेकाको स्वास्थ्य अवस्था बुझ्दै नेकपा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ भाद्र २०७७, शनिबार १९:०७
1.31k
Shares
विराटनगर / नेकपा विराटनगर ८ ले कोरोना संक्रमण भई होम आईसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

वडाका संक्रमितको घर–घरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले बताए । उनले होम आईसोलेसनमा रहेकाहरुसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको पनि स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए । उनले भने,‘ संक्रमितहरुको अवस्थाबारे जानकारी लिएपछि समस्या भएकाहरुलाई तत्काल अस्पताल लैजान सहज हुन्छ ।’ नेकपा विराटनगर ८ ले आज तेस्रो चरणको अभियान अन्तरगत होम आईसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थासँगै १६ वटा घरको निर्मलीकरण गरिएको अध्यक्ष पोखरेलले बताए । उनले बलुवाही, विश्वकर्मा चोक, जिम्दार टोल, राजवंशी टोलका घरहरु समेत गरेर २ सय घरहरुमा निर्मलीकरण गरिएको बताए ।

होम आईसोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेकपा वडा कमिटी सह–ईन्चार्ज सरस्वती ओझाले बताईन । वडाकमिटी अध्यक्ष पोखरेल, सचिव ज्ञान बहादुर कार्की, सदस्यहरु भुवन राजवंशी, सिताराम राजवंशी, अशोक राजवंशी, राकेश राजवंशी, सन्तोष राजवंशी लगायतले होम आईसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिनुका साथै घर निर्मलीकरण अभियान चलाईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर