AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु,मृतकको संख्या ७२८ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ जेष्ठ २०७८, बिहीबार १९:१८
567
Shares
विराटनगर / पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । मृतकको सैख्या ७२८ पुगेको छ ।

दैनिक रुपमा २३ जनाको मृत्यु हालसम्मकै उच्च पुगेको हो । यस अघि सवैभन्दा बढी हिजो २१ जनाको मृत्यु भएको थियो । मुत्यु हुनेमा २१२ महिला र ५१६ पुरुष रहेका छन् ।
सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा आज ७ जना महिला र १६ पुरुषको मृत्यु भएको हो । सबैभन्दा बढी हुने जिल्लामा मोरङमा ८, सुनसरीमा ७, झापामा ५ र अन्यमा ३ जना प्रदेश १ बाहिरको रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर