RUMPUM
animated ellipse animated ellipse

अर्याललाई मुख्यमन्त्रीबाट रोक्न संस्थापनकै नेताको घेराबन्दी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ मंसिर २०७९, शुक्रबार १६:०४
10.29k
Shares
विराटनगर / नेपाली कांग्रेसको तर्फबाट प्रदेश १ को संसदीय दलको नेताको रुपमा तिव्र आकांक्षी देखिएका उद्धब थापालाई मुख्यमन्त्री बनाउने गरि मोरङमा उपलब्ध संस्थापन पक्षकै केही नेताहरु सकृय रहेको रहस्य बाहिर आएको छ ।

काग्रेसको समानूपातिक खस आर्य कोटाबाट परेका थापा नेपाली कांग्रेस प्रदेश १ का सभापति हुन । प्रदेश सासद निक्लिएपछि उनको मुख्यमन्त्री बन्ने चाहाना बढेको हो । उनलाई मदत पुर्याउन केन्द्रीय सदस्य डा..डीला संग्रौला , प्रदेश उपसभापति रमेशजंग रायमाझी अग्रपक्तीमा देखिएका हुन् ।
संग्रौला र रायमाझी संस्थापन पक्षकै भएपनि सिटौला समूहका थापालाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा लविङ्ग गर्ने कार्यमा जुटेका छन । सूत्रका अनुसार यसबारे संग्रौला , थापा र रायमाझी विच काठमाण्डौमा विभिन्न चरणमा छलफल भैरहेको छ ।

केन्द्रीय सदस्य अमृत अर्याल विरुद्ध संग्रौला र रायमाझी सार्वजनिक रुपमै विष बमन गर्दै पार्टी भित्रकै अर्को लविङ्गलाई उस्काईरहेको सूत्रले बतायो । , दुवै जना खुलेर थापाको लविङ्ग गर्दै छन र आफ्नै समूहका अर्यालको विरुद्धमा प्रधानमन्त्री समक्ष झुठा आरोप लगाउने तयारीमा छन् ।

प्रधानमन्त्री समक्ष अर्याललाई कसरी नेगेटिभ पारेर थापाको पक्ष बलियो बनउने भन्ने योजना काठमाण्डौमा बसेर छलफल गरेको र चाडै प्रधानमन्त्रीलाई भेटेर अर्याल विरुद्ध झुठा आरोप लगाउने तयारी भैरहेको सूत्रको दावी छ । त्यसको लागि उनीहरुले उचित समय पर्खिरहेका छन् ।

केन्द्रीय राजनीति गर्दै आएका अर्याललाई प्रदेशको मुख्यमन्त्री बनाउने सहमति गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा , उप सभापति धनराज गुरुङ्ग ,महामन्त्री गगन थापा , कांग्रेस नेता डा.शेखर कोइरालाले सँगै थिए । उनी प्रदेशमा निर्वाचन लडन इच्छुक पनि थिएनन । केन्द्रीय नेतृत्वको सहमति अनुसारनै उनी मोरङ क्षेत्र न .५(ख)बाट निर्वाचन लडेका हुन । अर्याल भावी मुख्यमन्त्री बन्ने देखिएपछि उनलाई तल्लो तहबाटै पराजित गराउन यही समूहले २१ जनालाई परिचालित गरेको थियो । तर अर्यालले निकटतम प्रतिद्धन्दी भन्दा साढे ५ हजार मतान्तरमा विजयी भए ।

कांग्रेस नेता कोइरालाले पनि यो पटक मोरङको राजनीतिक समिकरण मिलाउनकै लागि अर्याललाई मुख्यमन्त्री बन्न हरियो सिंङ्गग्ल दिएका छन । कोइराला समूहकै राजीव कोइराला र गुरु घिमिरे पराजित भएपछि उनी अर्याललाई मुख्यमन्त्री बनाउन सकारात्मक देखिएका हुन् ।

यता समानुपातिबाट निर्वाचित सांसद उद्धब थापा मुख्यमन्त्री बन्नु जनताले दिएको मतको अपमान गर्नु जस्तै हुने राजनीतिक बिशलेषकहरु बताउँछन । कसैको उस्काहटमा जनताबाट अनुमोदित नभएका समानुपाति सांसद मुख्यमन्त्री बन्नु भनेकै जनमतको कदर नहुने बिषलेषकहरुको टिप्पणी छ । संविद्यानत मुख्यमन्त्री बन्न कुनै वाद्या अडचन नरहेपनि प्रतिनिधि सभामा पनि समानुपातिक सासद प्रधानमन्त्री बन्न किन आकांक्षी हुदैनन त उनीहरुको प्रश्न छ ।

नेपाली कांग्रेसको नेतृत्वको गठबन्धसँग ४६ र एमालेको गठबन्धसँग ४६ गरि बरावर मत छ । सरकार बनाउने ४७ मत आवश्यक पर्छ । जसपाले समानुपातिकबाट १ सिट प्राप्त गरेको र प्रदेश १ को सरकार गठन गर्न जसपानै निर्णायक रहेको छ । यसैले गर्दा जसपाले गरेको निर्णयको आधारमा प्रदेश १ मा कसको सरकार बन्ने हो त्यो अहिले यकिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. अमृत अर्याल मुख्यमन्त्रीका लागि सबैभन्दा उपयुक्त नेता हुन्, उनी धेरै सिनियर पनि हुन !

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर