खबर पूर्वाञ्चल
राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलिय जिम्मेवारी लिने चरणमा पुगी नसकेको उनँको भनाई । आज विराटनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले भनिन्,‘ मेरो छलफलको विषय बनेको छैन । त्यसका लागि बेला भएको छैन ।’ राष्ट्रपति प्रणाली, राष्ट्रपति गैरराजनीतिक पद र जिम्मेवारी नभएको उनको जिकिर छ । उनले भनिन् ,‘ जन्मेर, हुर्केर आएदेखि नेकपा एमाले भएको र जिम्मेवारी पनि त्यसरी नै पाएकाले भोलि जाँदा पनि त्यहीँ हो ।’ राष्ट्रले आवस्यकता महसुस गरे राजनीतिमा फर्किन सक्ने उनको भनाई छ ।
पूर्व राष्ट्रपति भण्डारीले भनिन्,‘ अहिले मिडियामा मेरो बारेमा आएका कुरा गलत छन् ।’ उनले आफु सचेत, संगिठत भएर हिँडे देखि राष्ट्रिय राजनीतिमा चासो राखेर हिँडेको पूर्व राष्ट्रपति भण्डारीको भनाई छ । उनले भनिन्,‘ राष्ट्रिय एजेन्डामा चासो हुन्छ । हरेकले राष्ट्रिय राजनीति बुझ्न आवस्यक छ । राजनीतिबाट कोही पनि अछुत छैन । कोही पनि राष्ट्रिय राजनीतिबाट फरक छैनौं । राजनीतिमा गहिरो चासो छ ।’ राष्ट्रिय राजनीतिको एजेन्डा आफ्नो भएको उनको तर्क छ । शिक्षा, सामाजिक विभेद, विज्ञान र प्रविध, खानेपानी आफ्नो राजनीतिक एजेन्डा भएको उनले बताइन् । पूर्व राष्ट्रपति भण्डारी देशको सर्वोपरिलाई ध्यानमा राखेर काम गर्न उनले आग्रह पनि गरिनन् ।