सिरहाको कोरोना संक्रमितको कोशी अस्पताल विराटनगरमा मृत्यु

खबर पूर्वाञ्चल, २९ श्रावण २०७७, बिहीबार २२:०४

विराटनगर/ विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उपचारको क्रममा सिरहाको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको आज राती ८ बजे स्थित कोशी अस्पतालमा मृत्यु भएको हो ।

निमोनिया भई स्वासप्रश्वासमा समस्या रहेका विरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । मृतक मंगलबार राती अस्पतालको आइसालेशनमा भर्ना भएका थिए । ‘कोरोनाको लक्षण देखिएपछि हामीले अस्पतालको आइसोलेशनमा राखेर उपचार गर्दै आएका थियौं,’ डा. दासले भने, ‘रगतको मात्रा पनि कम रहेको विरामीको उपचारको क्रममा राती ८ बजे मृत्यु भएको हो ।’ उपचारको क्रममा रहेका विरामीको कोरोनाको लक्षण देखिएपछि आज दिउँसो ११ बजे स्वाब संकलन गरि परीक्षणको लागि पठाएको थियो । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको रिपोट अनुसार आज सात बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

यस अघि कोशी अस्पतालमा चार जनाको उपचारको क्रममा कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा विराटनगर ३ र रंगेलीका एक जना छन् । कोरोनाबाट मोरङमा आजसम्म मृत्यु हुने संख्या आठ जना पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५