AArya
RUMPUM
animated ellipse animated ellipse

४ जिपिए ल्याएकी आयुषा कार्कीलाई विराटनगरको कान्तिपुर स्कुलले गर्यो नगद २५ हजारले सम्मान, कलेजले कार्कीलाई पूर्ण छात्रवृद्धि दिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ असार २०८२, शनिबार २०:०२
1.4k
Shares
विराटनगर । गुणस्तरीय शिक्षाको प्रत्याय बनेको विराटनगरको कान्तिपुर माविले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ।

विद्यालयका ६० जना विद्यार्थी सहभागी एसईई परीक्षामा सबै जना उत्तीर्ण हुनुका साथै एक जनाले ४ जिपिए हासिल गर्न सफल भएकी छिन्।

विद्यालयकी टप छात्रा आयुषा कार्कीले पूर्ण ४ ग्रेड ल्याउँदै कान्तिपुर स्कुललाई प्रदेशमै शैक्षिक उत्कृष्टताको उदाहरण प्रस्तुत गरिदिएकी छिन्। उनको यो उपलब्धिका लागि विद्यालयले उनलाई विशेष सम्मानस्वरूप नगद २५ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरेको छ। पुरस्कार कलेजका प्रिन्सिपल भुवन नेपालले एक कार्यक्रमका बीच आज हस्तान्तरण गरे ।

विद्यालयले प्रकाशित गरेको विवरण अनुसार, परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये ११ जनाले ३.६१ देखि ४ जिपिए, ४१ जनाले ३.२१ देखि ३.६० जिपिए र ७ जनाले २.९५ देखि ३.२० जिपिए हासिल गरेका छन्। यसबाट विद्यालयको समग्र नतिजा उल्लेखनीय रहेको स्पष्ट हुन्छ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै टप छात्रा आयुषा कार्कीले आफ्नो सफलता विद्यालयको मेहनती शिक्षक, समयमै भएको कक्षा सञ्चालन र सकारात्मक वातावरणको फल भएको बताइन्। उनले भनिन्, “कान्तिपुर स्कुलको पठनपाठनको स्तर निकै उच्च छ। यही कारणले गर्दा मैले ४ जिपिए ल्याउने सफलता पाएको हुँ।” उनले एसईई परीक्षा पास गरेका अन्य विद्यार्थीहरूलाई पनि कान्तिपुर कलेजमा अध्ययन गर्न सुझाव दिँदै भनिन्, “यहाँका दक्ष र अनुभवी शिक्षकहरूबाट पढ्न पाउनु नै ठूलो अवसर हो।”

आयुषाले अब विज्ञान संकाय लिएर कान्तिपुर कलेजमै कक्षा ११ मा अध्ययन गर्ने निर्णय लिएको जानकारी दिइन्। उनले कलेजलाई आफ्नो पहिलो रोजाइ बनाएको भन्दै विश्वास व्यक्त गरिन् कि यस संस्थाबाट प्राप्त शिक्षा भविष्य निर्माणमा प्रभावकारी हुनेछ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल भुवन नेपालले आयुषासहित सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै भने, “कान्तिपुर विद्यालय सधैँ विद्यार्थीको समग्र विकासमा केन्द्रित रहँदै आएको छ। हाम्रा शिक्षकको परिश्रम, विद्यार्थीको लगनशीलता र अभिभावकको विश्वासकै कारण आज हामीले यस्तो उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका हौँ।”

प्रिन्सिपल नेपालले आयुषालाई टप गरेकाले विद्यालयले कक्षा ११ र १२ दुबै वर्षका लागि पूर्ण छात्रवृत्ति पनि प्रदान गर्ने घोषणा गरे । उनले विज्ञान तथा व्यवस्थापन दुवै संकायमा कलेजले उच्च गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र अब विज्ञान संकायमा अझ विशेष तयारी कक्षाहरू सञ्चालन गरिने जानकारी दिए ।

विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पाठ्यक्रमबाहेक अतिरिक्त क्रियाकलापहरू, क्यारियर काउन्सेलिङ, प्रतियोगी परीक्षा तयारी र व्यावसायिक विकास सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

कान्तिपुर स्कुलले यस वर्षको नतिजाबाट फेरि एकपटक आफ्नो शैक्षिक क्षमताको प्रमाण दिएको छ। स्थानीयस्तरमा मात्र नभई अन्य क्षेत्रका विद्यार्थी र अभिभावकहरूको रोजाइमा पर्ने कान्तिपुर स्कुलले भविष्यमा अझ उच्च गुणस्तरीय शिक्षा प्रदान गर्दै अगाडि बढ्ने संकल्प व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर