खबर पूर्वाञ्चल
प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आज भएको क्वाटरफाइनल खेलमा डनबस्को र अपर्ण स्कुल सेमिफाइनलमा पुगेको हो ।
पहिलो खेलमा डनबस्को स्कुलले मोर्डन एरा स्कुललाई १–० गोलले हराउँदै डनबस्को स्कुल सेमिफाइनलमा पुगेको छ । जितको लागि डनबस्को स्कुलका विधान भण्डारीले गरेको निर्णायक गोलले सेमिफाइनल यात्रा सुरक्षीत बनाएको हो ।
सोही दिन भएको दोस्रो खेलमा अपर्ण स्कुलले पूर्वाञ्चल विद्या सदनलाई २–० गोलले पराजित गरी अपर्ण स्कुल सेमिफाइनलमा पुगेको हो । जितको लागि अपर्णका अविशेक मगर र पर्वत घिमिरले १÷१ गोल गरेका थिए ।
बिहीबारदेखि सेमिफाइनल खेलहरू सुरु हुनेछ । पहिलो खेल सेन्टजोसेफ र मदरल्याण्ड स्कुल बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल डनबस्को र अपर्ण स्कुल बिच हुने खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।