AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा जनचेतना मुलक तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ जेष्ठ २०७८, सोमबार १५:३३
639
Shares
विराटनगर/ मानव सहयोगी हातहरु नामक सामाजिक संस्थाले जनचेतना मूलक चार दिने तालिम सम्पन्न गरेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ६ को सहयोगमा कोरोनासँग सम्बन्धित जनचेतना तालिम विराटनगरमा सम्पन्न गरेको हो ।

महामारीको रुपमा फैलिएको कोभिड १९ बाट हुने तनाव अन्त्य गरिनेलगायतका जनचेतना मूलक कार्यक्रम गरिएको मानव सहयोग हातहरु नाम संस्थाका अध्यक्ष सुमन कालिकोटोले जानकारी दिए । जनेचतना मूलक तालिममा १ सय २० भन्दा बढीको सहभागिता रहेको थियो ।

सोही अवसरमा सहभागिहरुलाई रोगप्रतिरोगत्मक क्षमता बढाउने आयुर्वेदिक औषधी, स्वास्थ्य सामाग्रीहरु मास्क, सेनिटाईजर र स्टेशनरी सामाग्री पनि वितरण गरिएको संस्थाक संस्थापक ताजिम अन्सारीले जानकारी दिए ।

कार्यक्रममा विराटनगर ६ का वडाअध्यक्ष विजय कामत, मानव सहयोगी हातहरुको संस्थापक पदाधिकारी ताजिम अन्सारी, टेकप्रसाद अधिकारी, डा. शिवशंकर साहलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर