RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताका साथ सरकारले वार्षिक नीति तथा कार्यक्रम पेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ जेष्ठ २०७८, बिहीबार १७:५०
414
Shares
विराटनगर / प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ ।

प्रदेशसभा आज बसेको बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

सरकारको आगामी वार्षिक निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मुल नारासहित आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोेजना तयार पारिएको छ ।

अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निमार्ण, बिशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैयामा स्तरोन्नति गरिने सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।

गरिब तथा विपन्न वर्गको उपचारका लागी प्रदेशमा उपचार कोषको उपचार स्थापना गरिने उल्लेख छ ।

यस्तै प्रदेशद्धारा सञ्चालित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रण पश्चात प्रादेशिक प्रसुती तथा स्त्री रोग अस्पतालका रुपमा रुपान्तरण गरिने प्रदेश सरकारको योजना छ । सबै माध्यमिक विद्यालयमा तालिम प्राप्त शिक्षकशिक्षिकाद्धारा किशोरकिशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौन शिक्षा प्रदान गर्न स्थानीय तहहरुसँग समन्वय गर्ने सरकारको वार्षिक नितिमा समावेश गरिएको छ ।

यस्तै सरकारले आगामी आर्थिक बर्षदेखि विद्यालयमा प्रदान गरिने दिवा खाजा तथा पोषण सामाग्रीको स्तरीयता सुनिश्चित गर्न अन्तराष्ट्रिय मापदण्डमा आधारित उक्त सामाग्रीको आपुर्ति व्यवस्थापन समेत गर्ने जनाएको छ ।

यस्तै आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमलाई निरन्तरता प्रदान गरिने सरकारको योजना छ । मुख्यमन्त्री कप तथा राष्ट्रिय लिग प्रतियोगितालाई निरन्तरता प्रदान गरिनेछ । आगामी आर्थिक बर्षमा एकपालिका एक खेल मैदान कार्यक्रमले पनि निरन्तरता पाउनेछ । जातीय मौलिकता झल्किने संग्रहालयहरुलाई थप सुदृढ गर्ने सरकारी निति छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर