स्वतन्त्र भन्सार प्रतिनिधि संगठन फाइनलमा प्रवेश

खबर पूर्वाञ्चल, ९ माघ २०७९, सोमबार १८:४७
504
Shares

विराटनगर / ७१ औ अन्तराष्ट्रिय भन्सार दिवशको अवसर पारेर भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा विजय हुँदै स्वतन्त्र भन्सार प्रतिनिधि संगठन फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले ट्रान्स फ्रेट सर्विसेस प्रालीलाई २–१ को गोल अन्तरले पारजित गरेको छ । स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका सन्दिप खडकाले २ गोल गरे भने ट्रान्स फ्रेटका अनिल राईले १ गोल गरे ।

प्रतीयोगितामा विराटनगरका स्वतन्त्र भन्सार प्रतिनिधि संगठन, ट्रान्स फ्रेट सर्विसेस प्राली, विराटनगर भन्सार कार्यलय र विराटनगर भन्सार एजेन्ट संघ गरि ४ टिम रहेको स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका सश–सचिव अरविन्द ठाकुरले जानकारी दिए । टाकुरका अनुसार फाइनल खेल मग।बार स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले विराटनगर भन्सार एजेन्ट संघसँग प्रतीस्पर्धा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५