खबर पूर्वाञ्चल
आज १९ जना कोरोना सङ्क्रमित थपिएपछी नेपालमा ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरानाका कारण नेपालमा ३ जनाको मृत्यु भएको छ भने ८७ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार झापाको बा¥हदशीका ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीको समरिमाई–५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्र्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
झापाको बा¥हदशीमा एक जना थपीएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । झापाको बा¥हदशीमामा पहिलो पटक संक्रमण देखिएको झण्डै एक महिनापछि पुन संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । संक्रमितलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा पठाईएको छ । बा¥हदशीमा यसअघि गत वैशाख १४ गते पहिलो पटक ४० वर्षीय एक जमातीमा संक्रमण भएको थियो । उनी कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारपछि डिस्चार्ज भएका छन् । बा¥हदशीमा एक जना थपीएसँगै झापामा संक्रमितको संख्या ३७ पुगेको छ । कचनकवलमा ३३, झापा गाउँपालिका, दमक नगरपालिकामा १/१ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा सक्रमितको संख्या ८७ पुगेको छ । २६ जना डिस्चार्ज भएका छन् ।
तपाईको प्रतिक्रिया