animated ellipse animated ellipse

कोशी प्रदेशलाई खेलकुद क्षेत्रमा प्रथम स्थानमा पु¥याउने : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ भाद्र २०८१, बुधबार १८:४३
117
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदका विभिन्न विधाहरुमा आगामी तीन वर्ष भित्र प्रथम स्थानमा पु¥याउनेतर्फ लाग्ने बताएका छन् ।

प्रदेश खेलकुद विकास वोर्डद्वारा यही भदौ १६ गतेदेखि काडमाण्डौमा हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा भाग लिने कोशी महिला टीमलाई आज विराटनगरमा आयोजित विदाई एवं शुभकामना कार्यक्रममा खेलाडीहरुलाई खेदकुद सामाग्री एवं नगद दिँदै उनले सरकारले सिमित स्रोत साधनका बावजुत प्रशिक्षक, स्तरीय खेलमैदानको उपलव्ध गराएर प्रदेशलाई खेल क्षेत्रमा प्रथम स्थानमा ल्याउन खेलाडीहरुले आवश्यक मेहनत गर्नु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले खेलकुदको विकासका लागि आवश्यक कानुन र नीतिगत व्यवस्था गर्ने र वोर्डलाई समेत बलियो बनाउने बताए । उनले सुपर लीगमा प्रथम स्थान ल्याएमा प्रत्येक खेलाडी , प्रशिक्षक , अफिसियललाई न्यूनतम एक ÷एक लाख नगद प्रोत्साहन दिने घोषणा गर्दै प्रतियोगितामा सहजै विजयी प्राप्त हुने विश्वास समेत व्यक्त्त गरे । उनले प्रदेश सरकारले खेलाडीहरुलाई निर्धक्क भएर खेलमा लाग्न आग्रह गर्दै खेलाडीहरुको जीविकोपार्जनका लागि आवश्यक नीति नियम समेत बनाउने बताए ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले खेलाडीहरुले प्रदेशको पहिचान र नाम उच्च राख्न आग्रह गरे । प्रदेश सभा सदस्य विजय राई र प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम )बस्नेत र किशोर राईले सुपर लिगमा अत्यन्त मेहनतका साथ प्रतिस्पर्धा गरी विजयी हासिल गर्नु पर्ने सुझाव दिए । लिगमा भाग लिने २५ खेलाडी र छ जना प्रशिक्षक र अफिसियल गरी ३१ जनाको टोली आज काठमाण्डौ प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर