AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको आरोपमा शेर्पा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ श्रावण २०८२, शुक्रबार १७:१५
108
Shares
इलाम / इलामको माईजोगमाई गाउँपालिका २ का २३ बर्षीय प्रकाश चापागाईलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्योदय नगरपालिका १ का ३३ बर्षीय किरण शेर्पालाई रहेको प्रहरीले जनाएको छ । असार ३२ गते राती सुर्योदय नगरपालिका १ स्थित ससुसाली घरमा आएका माईजोगमाई गाउँपालिका २ का निरोज चापागाई र उनका भाई प्रकाश चापागाईसँग शेर्पाले सामान्य वाद विबादको क्रममा छुरा प्रहार गर्दा प्रकाशको घटनास्थलमानै मृत्यु भएको थियो भने निरोज गम्भिर घाईते भएकोमा झापा स्थित बि एण्ड सि अस्पताल विर्तामोडमा उपचार भईरहेको छ ।

हत्या पश्चात फरार भएका शेर्पालाई खोजतलासको क्रममा साउन १ गते सुर्योदय नगरपालिका १ मानेभञ्ज्याङ स्थितमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको कर्तव्य ज्यान कसुरमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुन्सधान तथा कानूनी कारवाही भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर