प्रदेश १ सरकारद्वारा ९६ वेडको कोभिड अस्पताल सञ्चालन

खबर पूर्वाञ्चल, १७ बैशाख २०७८, शुक्रबार १८:१४

विराटनगर / प्रदेश १ सरकारले आजदेखि कोरोना संक्रमितको उपचारकालागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल आजदेखि सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि विरामीभर्ना शुरु गरिएको छ । विरामी भर्ना गर्नु अघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गरेका थिए ।

अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमितको उपचारकालागि प्रदेश सरकारले अहोरात्र काम गरिरहेको बताए । उनले संक्रमण दर बढेसँगै उपचारको प्रवन्ध पनि गर्दै गएको बताए । उनले निजी अस्पतालहरुसँग पनि छलफल भईरहेको बताए ।

मुख्यमन्त्री राईले विराटनगर बाहेक जिल्ला स्तरमापनि २० वेड सम्मको आईसोलेसन केन्द्र निर्माणका लागि जिल्ला अस्पतालहरुलाई निर्देशन दिई सकिएको बताउए । विराटनगरमा संक्रमण बढ्दै गएकाले चेनब्रेक आवस्यक देखिएको उनले बताए ।

मुख्यमन्त्री राईले प्रदेश १ का ५ स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको समेत बताए । उनले विराटनगर रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारी, सोलु, ओखलढुङ्गा र खोटाङमा होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिए ।

सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको बताइन् । कोभिड अस्पतालको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भईसकेको उनले बताइन् । एउटा सिफ्टमा १९ जना रहने गरि व्यवस्थापन गरिएको मन्त्री राईले बताइन् । अपुग जनशक्तिका लागि पनि व्यवस्थापनको तयारी भईरहेको उनले जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५