animated ellipse animated ellipse

श्रमिकको हडताल दुई साता स्थगन, मंसिर २६ गते माग पूरा नभए अडताल गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ मंसिर २०७८, शनिबार १९:०४
1.03k
Shares
विराटनगर/ श्रम ऐन अनुसार सेवा सुविधा माग राख्दै आन्दोलनमा उत्रिएका श्रमिकहरूले मंसिर १२ गते विराटनगरस्थित एकिकृत भन्सार जाँच चौकी – आइसीपीमा हडताल गर्ने भनिएको कार्यक्रमम तत्कालको लागि स्थगन गरेको छ । आइसीपीमा कार्यरत मजदुरहरुले घोषणा गरेका हडताल दुई साताको लागि स्थगन गरेका हुन् ।

श्रम तथा रोजगार कार्यालयले मजदुरहरुका मागका बिषयमा सर्वपक्षिय वार्ता आव्हान गरेपछि मजदुरहरुले मंसिर १६ गतेसम्मको लागि वार्ता स्थगित गरेको विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

श्रम ऐनले तोकेको सेवा सुविधासहित ९ बुद्धे माग राख्दै समाजबादी कारखाना श्रमिक संघको अगुवाईमा आइतबारदेखि आइसिपी अगाडी हडताल गर्ने पत्रकार सम्मेलन गरि चेतवनी दिएको थियो । त्यस लगत्तै श्रम तथा रोजगार कार्यालयले मंसिर २६ गते वार्तामा आउन सम्बन्धित निकाय र मजदुरहरुलाई आव्हान गरेपछि हडताल स्थगित गरिएको समाजबादी कारखाना श्रमिक संघ (आइसिपी) इकाई अध्यक्ष शम्भुकुमार यादवले जानकारी दिए ।

आईसिपी परिसरमै रहेको रेल यार्डमा बसेको समाजबादी कारखाना श्रमिक संघ,समाजबादी ट्रेड युनियन र आइसिपीमा कार्यरत मजदुरहरुको बैठकबाट दुई सातासम्मकालागि हडताल स्थगितगर्ने र वार्ताबाटै अधिकार स्थापितगर्ने प्रयासगर्ने निर्णय भएको जनाइएको छ । एकिकृत भन्सार जाँच चौकी सरसामान आयातनिर्यात हुने तथा देशको राजश्व संकलन हुने प्रमुख स्थान रहेकाले बन्दहडताल भन्दापनि वार्ताबाटै मजदुरका मागहरु सम्बोधनगर्ने कुरा सकारात्मक हुने संघीय समाजबादी पार्टी नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले बताए ।

आइसिपीमा कामगर्न ट्रान्स नेपाल नामक कम्पनीले दिने अनुमति दिने गरेको छ । यद्यपि श्रमिकहरुले श्रम ऐन अनुसार सेवा र सुविधाको तगेदा ट्रान्स नेपालले आफ्नो कामदार नभएको भन्दै पन्छिने गरेको मजदुरहरुले बताएका छन । अइसिपीमा झण्डै ३ सय मजदुर कार्यरत रहेका छन । वार्ताबाटै सहमति खोज्ने प्रयास सकारात्मक रहेको समाजबादी ट्रेड युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलको भनाई छ ।

मजदुरहरुले सम्पूर्ण कामदर तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बीमा गर्नुपर्ने माग राखेका छन । यस्तै मजदुहरुलाई ठेकेदारी प्रथाबाट खटाएर श्रम शोषण गर्ने गरिएकाले ठेकेदार प्रथाको अन्त्य गर्नुपर्ने,बिना श्रम ईजाजत बिदेशी मजदुर काममा लगाउन नहुने लगायतका ९ बुँदै माग राखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर