खबर पूर्वाञ्चल
प्रदेश कमिटीद्वारा आज पार्टी कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा शनिवार सम्पन्न चौथो पुर्ण बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीलाई व्यवस्थित एंव मार्यादित वनाउन १३ बुंदें आचारसंहिता लागु गरिएको जनाएको छ ।
कोशी प्रदेश इन्चार्ज एवं प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले पार्टी सुद्धिकरणका लागि जारि गरिएको आचारसंहिता पार्टीका नेता कार्यकर्ता तथा साधारण सदस्यहरुमा समेत लागु हुने पत्रकार सम्मेनमा जानकारी गराए । उनले आगामी निर्वाचनलाई लंक्षितगर्दै मिशन–८४ का लागि प्रदेशको जिम्मेवारी पाएकाले प्रदेशमा पार्टीलाई दुई तिहाइ वहुमत सहित सवैभन्दा ठुलो दल वनाउने दावी गरे ।
एमाले कोशी प्रदेश कमिटिका अध्यक्ष घनश्याम खतिवडाले प्रदेशका १४ वटा जिल्ला मध्ये मोरङ, इलाम र तेह्रथुम पार्टीको अधिवेशन आगामी कात्तिक मसान्तभित्र सम्पन्न गर्ने गरि वैठकमा छलफल भएको वताए ।
प्रदेश कमिटिका उपाध्यक्ष टिकाराम चेमजोङ्गले वैठकका निर्णयका वारेमा जानकारी गराउनु भएको थियो ।