लागूऔषध र नगदसहित एक पक्राउ

खबर पूर्वाञ्चल, १२ असार २०७८, शनिबार १९:०६

विराटनगर / अवैध लागूऔषध र नगदसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) रानीले लागूऔषध र १७ हजार ९ सय ३० रुपैयाँसहित विराटनगरका २२ वर्षिय अबदेशकुमार दासलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दासको साथदेखि बिओपी रानीको सशस्त्र प्रहरी टोलीले लागूऔषधसहित प्रदेश १ –०२–०४३ प २८०३ नम्बरको मोटरसाइकल पनि विराटनगर १७ इस्लामपुरदेखि बरामद गरेको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका दासलाई बिओपी रानीले थप कारवाहीको लागि इलका प्रहरी कार्यालय रानी विराटनगमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५