नक्कली मदिरासहित १ जना पक्राउ

खबर पूर्वाञ्चल, ६ जेष्ठ २०७७, मंगलवार १९:४४

विराटनगर / मोरङको बिराटनगर महानगरपालिका–११ बसपार्कबाट ठुलो परिणामको नक्कली मदिरासहित १ जनालाई पक्राउ गरिएको छ ।

बसपार्क छेउमा रहेको एक घरमा कोठा भाडामा लिएर बसोबास गर्दै आएका विराटनगर महानगरपालिका –६ का श्रवण मुखियाले सञ्चालन गर्दे आएको न्यू डिएन ट्रेडर्सको पसल भित्र विभिन्न ब्राण्डको बोतलमा नक्कली लेवल टाँस गरी नक्कली मदिरा बनाउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज मुखियालाई बिभिन्न ब्रान्डका ५ सय ३० बोतल नक्कली मदिरासहित पक्राउ गरेको हो ।

प्रहरीले मुखियाको पसलबाट विभिन्न ब्राण्डका नक्कली लेभल लागाएको खाली बोतल, बोतलको विर्को, मदिरामा मिसाउने रंग तथा अन्य बोतलहरु समेत प्रहरीले फेला पारेको छ ।
नक्कली मदिरासहित पक्राउ परेका मुखियालाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मुखियाले सस्तो मुल्यको मदिरालाई महँगोको बोतलमा भरेर बेचने गरेको एसपी अधिकारीले बताए । मुखियाले सस्तो मुल्यको गोल्डेनवर्क, गोल्डेन ग्लोबलाई महँगो मुल्यको गोल्डेन वकको बोतलमा हालेर बेच्दै आएका थिए ।

सस्तो मुल्यमा पाइने मदिरालाई ‘ब्राण्डेड’ मदिराको बोतलमा भरेर बेच्ने गरेको प्रहरीले जनाएको छ । राजस्वको स्टिर र विर्कोको शिल समेत नविगारी खोलेर सस्तो रक्सी भर्ने गरेको हुन् । यसरी सस्तो मदिराबाट ब्राण्डेड बनाएर कालोबजारी गर्दै आएका थिए ।

मुखियाले बैंकको ऋण धेरै भएकोले त्यसलाई तिर्नको लागी यस्तो गरेको बताए । उनले उक्त ट्रेडर्स विगत एक वर्ष देखि सञ्चालन गर्दै आएको बताए ।

राजस्व चुहावट सम्बन्धि काम भएकोले राजस्व अनुसन्धान सँग समन्वय गरेर अगाडी बढने एसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५