विराटनगर वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका न्यौपानेलाई कात्तिक २९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार मेयर नागेश कोइरालाले प्रवक्तामा मनोनित गरेका हुन् ।
कार्यपालिकाले सम्पादन गरेका कार्य तथा निर्णयहरू सार्वजनिक जानकारीमा ल्याउने प्रयोजनार्थ नगर कार्यपालिका कार्यसम्पादन नियमावली–२०७५ को नियम १७ मा भएको व्यवस्था बमोजिम प्रवक्ता तोक्ने अधिकार मेयरलाई दिइएको छ । सोही व्यवस्था अनुसार मेयर नागेश कोइरालाले वडाध्यक्ष न्यौपानेलाई महानगरको प्रवक्ता तोकेका हुन् । प्रवक्ताको जिम्मेवारी इमान्दारिता र कुशलतापूर्वक पूरा गर्ने न्यौपानेले बताए ।
तपाईको प्रतिक्रिया