AArya
RUMPUM
animated ellipse animated ellipse

लेटाङमा प्रकरण : महिला प्रहरी जवान उर्मिला श्रेष्ठको हत्याको आरोपमा २० जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ चैत्र २०७८, सोमबार १७:०९
39.24k
Shares
विराटनगर / मोरङको लेटाङमा चैत ६ गते हिंसात्मक झडप हुँदा महिला प्रहरी जवान २६ वर्षीया श्रेष्ठको हत्या प्रकरणमा संलग्न रहेको १ महिलासहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पहिलो चरणमा ९ जना र पछि थप ११ जना गरि प्रहरीले मोरङ जिल्ला अदालतमा २० जनाविरुद्ध ‘कर्तब्य ज्यान मुद्दामा’ म्याद थप गरि अनुसन्धान सुरू गरेको जनाएको छ ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका ५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, लेटाङ ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदिप राई, १८ वर्षीया निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर रहेका छन् । यस्तै मिक्लाजुङ्ग गाउँपालिका २ घर भइ लेटाङ ५ बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ का सञ्जीव प्रधान, प्रनिश कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, शनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्नलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘अहिलेसम्म २० जनालाई पक्राउ गरिएको छ,’ उनले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको जनाए ।’

महिला प्रहरीको ज्यान जानेगरि भएको लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ । ‘हिंसात्मक झडपको घटनाको अनुसन्धानको लागि संयुक्त रूपमा अनुसन्धान सुरू भएको छ,’ उनले भने, ‘अनुसन्धान गर्दै पक्राउ गरिने र सोधपुछ हुने क्रममा जारी नै रहेको छ ।’

घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारूङसहितका प्रहरीका अधिकारीहरूले अनुसन्धान गर्दै आएको छन् । घटनाको अनुसन्धानको लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा गठन गरेको ५ सदस्यीय टोलीले पनि काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर