AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जिल्ला स्तरीय प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि स्कलर्स होम स्कुललाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ भाद्र २०८१, बुधबार २१:५८
234
Shares
विराटनगर / प्याब्सन मोरङ जिल्लास्तरीय हिज्जे प्रतियोगिताको उपाधि मोरङ सुन्दर हरैंचाको स्कलर्स होम स्कुलले जितेको छ ।

विराटनगरमा आज सम्पन्न भएको प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै स्कलर्सले उपाधि जितेको हो ।

उपाधिसँगै स्कलर्सले १५ हजार रुपैयाँको साथै मेडल,ट्रफी जित हात पारेको छ । यसैगरि प्रतियोगितामा पथरीको हाईल्याण्ड ईग्लिस बोर्डिङ स्कुलले दोश्रो र उर्लाबारीको सप्तकोशी सेकेण्डरी स्कुलले तेश्रो स्थान हासिल गरेको छ ।

प्रतियोगिताको दोश्रो र तेश्रो हुने विद्यालयले क्रमश १० हजार र ५ हजार नगद राशि सहित ट्रफी र मेडल प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा ३ विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन । विराटनगरको एभरेष्ट ईंगलिश बोर्डिङ स्कुल,पथरीको एभरेष्ट स्कुल र सुन्दर हरैचाको ज्ञान ज्योति स्कुलले प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल,मोरङले आयोजना गरेको प्रतियोगितामा मोरङ जिल्लाका ४२ वटा विद्यालयले सहभागिता जनाएको आयोजक संस्थाका अध्यक्ष प्रेमलाल सिंह सुवालले जानकारी दिए । प्रतियोगितामा कक्षा ५ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।

विजयी हुने विद्यार्थीहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला,शिक्षा विकास तथा समन्वय ईकाई मोरङ प्रमुख टंक गौतम, प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास,प्रदेश अध्यक्ष टिकाराम ढकाल,प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, सल्लाहकार,सावित्री पराजुलीलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर