खबर पूर्वाञ्चल
झापाको झापा गाँउपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को. ३२ प ८९७४ नम्बरको मोटरसाईकल सहित दमक १२ का २६ बर्षीय मनिस थापा, २२ बर्षीय रिकाश बस्नेत र १९ बर्षीय रोमित कट्वाल समेतलाई शंका लगि चेकजाँच गर्दा उनीहरुको साथबाट २ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको विराटनगर १७ बाट बा. ९८ प ४६ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका ३ का ३२ बर्षीय मनोज कटुवाल र मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय अम्बिर यक्सो लिम्बुलाई ३ ग्राम ५८ मिलिग्राम ब्राउन सगुरसहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थितबाट बा.५६ प.६९३५ नम्बरको स्कुटर चालक भोजपुर हतुवागडी गाउँपालिका(९ घर भई हाल बराहक्षेत्रमा बस्दै आएका ३३ बर्षीय कृष्ण कुमार राईलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने धरान उपमहानगरपालिका १५ की जोनु राईलाई ट्रामाडोल १२० क्याप्सुल र कोलिवान १४० ट्याब्लेट औषधी सहित इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।