AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विनोद ढकालले जिते मात्र विराटनगरको शाख फर्काउने काम हुन्छ : योगेश भट्टराई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०८२, सोमबार १९:३४
198
Shares

विराटनगर /मोरङ क्षेत्र नं. ६ का एमाले उम्मेदवार विनोद ढकालको अन्तिम चुनावी सभा भव्य रुपमा सम्पन्न भएको छ । चुनावी सभामा हजारौंको सहभागिता रहेको थियो ।

विराटनगर महानगरपालिका कार्यालय अघिको सडकबाट र्याली सहित शुरु भएको अन्तिम चुनावी सभा महेन्द्र चोकमा पुगेर कोणसभा गरि सम्पन्न भएको हो ।

चुनावी सभामा एमाले उपमहासचिव योगेश भट्टराई, पूर्व उपाध्यक्ष गुरु बराल, पूर्व स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लालबाबु पण्डित, केन्द्रीय सदस्य पर्शुराम बस्नेत लगायतका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।

चुनावी सभालाई संवोधन गर्दै उपमहासचिव भट्टराईले विराटनगरको शाख फर्काउने कामको नेतृत्व विनोद ढकालले मात्र गर्न सक्ने बताए। विराटनगरलाई अन्र्तराष्ट्रिय स्तर सम्म चिनाउन र यहाँका बासीन्दाको आत्मसम्मान बढाउने काम एमाले नेता ढकालले मात्रै गर्न सक्ने उनको भनाई छ । विराटनगरले ढकाल जस्तो योग्य र प्रतिभाशाली प्रतिनिधि खोजिरहेको उपमहासचिव भट्टराईले बताए ।

एमाले मोरङ क्षेत्र नं. ६ को अन्तिम चुनावीसभालाई विराटनगरमा संवोधन गर्दै उपमहासचिव भट्टराइले एमाले उम्मेदवार ढकाललाई जिताउन क्षेत्रवासीमा आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर