खबर पूर्वाञ्चल
मोर्डन एरा सेमिफाइनलमा ग्यालेक्सी स्कुल(प्रस्ताविक कोशी मोडेल)सँग पराजित भए पछी ग्यालेक्सीको खेलाडीमाथी प्रोटेक्स गरेपछि प्रोटेक्सको आधारमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो । ग्यालेक्सीले स्कुलबाहिरबाट ४ जना खेलाडी खेलाएको थियो । यस अघि पनि विभिन्न खेलमा ग्यालेक्सीका सञ्चालक मनिष सोनीले स्कुल बाहिरको खेलाडी खेलाउँदै आएका छन् ।
सहिद मैदानमा आज सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो ।
जितसंगै मोर्डन एराले नगद २५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता डिपिएसले नगद ११ हजार रुपैयाँमा चित्त बुझायो । जितको लागि मोर्डन एराका अमन माझीले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरे । प्रतियोगिताको तेस्रो विराटनगर १३ स्थित गोदावरी स्कुल भयो ।
मोर्डन एराका रोसित राई खेलको प्लेयर अफ द फाइनल घोषित भए । बेस्ट मिट फिल्डर डिपिएसका जेनिल विष्ट, बेस्ट गोलकिपर मोर्डन एराका रोनक राजधामि, बेस्ट कोच मोर्डन एराका सन्दिप भट्टराई, बेस्ट फिल्डर मोर्डन एराका अमन माझी, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट डिपिएस स्कुलका आयुष सहनी घोषित भए । त्यसैगरी ईमर्जिङ प्लेयरमा सिद्धार्थ स्कुलका प्रवेश राई र हाइस्कोर डिपिएस स्कुलका इमोन खवास भए ।
बिजेता हुने खेलाडीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, सल्लाहकार सावित्राकुमारी पराजुली, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, खेल संयोजक नन्दलाल मण्डल, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्यीय रोहित कोइराला, कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठलगायतले पुरस्कार बितरण गरेका थिए ।
प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका थिए । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया