AArya
RUMPUM
animated ellipse animated ellipse

झापामा १३३ अक्सिजन ग्याँस सिलिण्डर प्रहरीद्धारा बरामाद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०७८, आईतवार २०:३०
324
Shares
विराटनगर /झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १ सय ३३ वटा अक्सिजन ग्याँस सिलिण्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाईएको छ ।

गत बुधबार देखि शनिबार सम्ममा झापा प्रहरीले झापाको विभिन्न स्थानदेखि अक्सिजन ग्यास सिलिण्डर भेला पारेको हो ।

इलका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको हो । उक्त जम्मा पारिएको सिलिण्डरहरु रिफिल गर्नको लागी कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सो सिलिण्डरहरु प्रहरी कार्यालयहरुले आ–आफ्नो एरियामा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसंग समन्वय गरी जम्मा गरिएको साथै उक्त सिलिण्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपुर्ति गर्ने व्यवस्था मिलाउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर