AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तस्करीको गाँजासहित तीन जना विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ असार २०७८, शुक्रबार १९:१८
4.63k
Shares
विराटनगर/मोरङ प्रहरीले तस्करीको गाँजासहि तीन जनालाई विराटनगरबाट पक्राउ गरेको छ ।

अवैध रुपमा भारततर्फ तस्करी हुन लागेको गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

भारततिर कटाउन तयारी अवस्थामा राखिएको १८ किलो गाँजा विराटनगर महानगरपालिका–६ ब्रह्मपुरास्थितदेखि बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले गाँजासहित भारतीय नागरिक सोनु यादव, सुनसरी देवानगञ्जका रन्जीतकुमार यादव र धनकुटा घर भएका रुद्र राईलाई पक्राउ गरेको छ ।

धनकुटामा उत्पादन हुने गाँजा लुकाइछिपाई विराटनगर ल्याएर भण्डारण (स्टोर) गर्ने र मौका पर्नासाथ सीमानाका हुँदै भारततिर कटाउने भएकोेले बरामद गाँजा तस्करीको भएको बुझिएको छ ।

तस्करी गरेर भारत पु¥याउनकै लागि धनकुटाबाट झिकाएर गाँजा विराटनगर ल्याउँदै भण्डारण गर्ने गरिएको प्रहरीले पत्ता लगाएको छ । विराटनगरमा भण्डारण गरिने गाँजा सुरक्षाकर्मीलाई छल्नासाथ सीमानाका हुँदै भारत कटाउने गरिएको हो ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर