AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘गठबन्धनलाई ओलीको उपमा, ‘हुँडारको जत्था’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ कार्तिक २०७९, शुक्रबार १६:३७
90
Shares
धरान / एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको बाम लोकतान्त्रिक गठबन्धनलाई ‘हुँडारको जत्था’ को उपमा दिएका छन् ।

हुँडारले जसरी जिउँदै टोकेर मार्न खोज्ने बाघले सिंहले स्यालले पहिले सिकारको हत्या गर्छ अनि मात्र मासु खान्छ, हुँडार यस्तो जनावर हो, जिउँदैमा टोक्दै खान्छ, कुनै जीव मर्दा उसले आधा खाइसकेको हुन्छ,’ ओलीले भन्नु भयोे, ‘यो गठबन्धन नामक हुँडारले असंवैधानिक ढंगले गैरकानुनी ढंगले एमालेलाई चारतिरबाट टोकेर सिध्याउन खोजेको छ ।’

अध्यक्ष ओलीले नेकपा एमाले विचार, संगठन, आन्दोलन र बलिदानको इतिहास बोकेर आएको पार्टी भएकाले यसलाई छलछाम गरेर धोका दिएर कसैले सिध्याउँछु भन्ने ठान्यो भने त्यो सम्भव नहुने उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर