RUMPUM
animated ellipse animated ellipse

मोरङ ४ (ख) बाट उम्मेदवारी दिएकाजीवन घिमिरे को हुन?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ कार्तिक २०७९, आईतवार २०:२९
684
Shares
फाइल तस्वीर
विराटनगर/एमाले नेता जीवन घिमिरे २०३५ सालमा एमालेमा आबद्ध भए । पार्टीमा लागेको लामो समयपछि उनी राजकीय जिम्मेवारीमा पुगेका थिए ।

लामो राजनीतिक जीवनमा घिमिरेलाई राजकीय जिम्मेवारी भने मिलेन । २०५६ को आम निर्वाचनमा मोरङ ७ बाट उनले उम्मेदवारी नदिएका होइनन् । त्यति बेला उनले नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यसँग प्रतिस्पर्धा गरेका थिए । परिणाम उनको पक्षमा आएन ।

पार्टीमा आबद्ध भएको ९ वर्षपछि २०४४ सालमा तत्कालीन नेकपा मालेको विराटनगर नगर कमिटी गठन भयो । पार्टी स्थायी कमिटी सदस्य, पूर्वाञ्चल प्रमुख एवं कोशी अञ्चल इन्चार्ज मदन भण्डारी नै सचिव बसे । उपसचिवको जिम्मेवारी घिमिरेलाई दिए । मदन भण्डारीले झापाबाट सुनसरी हुँदै मोरङ तानेका घिमिरेलाई सुरुमै सचिव बनाउन चाहन्थे । तर नयाँ ठाउँमा उनको कुनै जान–पहिचान थिएन । पार्टी पंक्तिले उनलाई सहजै स्वीकार नगर्न पनि सक्थ्यो ।

६ महिनापछि पार्टीको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव तोक्यो र उनको काठमाडौं सरुवा भयो । अन्ततःनगर कमिटीको पार्टी सचिवको जिम्मेवारी घिमिरेको काँधमा आयो । झापाबाट २०३९ मा सुनसरी झरेदेखि नै मदन भण्डारीसँग उनको नियमित सम्पर्क भयो । त्यति बेला मदन कोशी अञ्चल विद्यार्थी फाँट फ्य्राक्सन इन्चार्ज समेत थिए भने घिमिरे सदस्य । २०४४ सम्म उनी मदनको सान्निध्यमा बसे ।

०३५ सालदेखि एमालेमा आबद्ध भएर राजनीतिमा सक्रिय घिमिरे अघिल्लो ०७४ को प्रदेश सभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचित भए । प्रदेश सभामा निर्वाचित घिमिरे ०७४ फागुनमा शेरधन राई नेतृत्वको पहिलो प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत रहेका घिमिरेले प्रदेश सरकारमा रहँदा ३ वर्ष समग्र प्रदेशको विकासमा आफ्नो ध्यान केन्द्रीत गरे । विकास प्रेमी नेता घिमिरे आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ ४ (ख) मा एमालेबाट उम्मेदवार भएका छन् ।

प्रदेशको स्वास्थ्य, शिक्षा, खेलकुद, सूचना प्रविधि, भाषा संस्कृति, महिला, बालबालिका, जेष्ठ नागरिकको क्षेत्रमा उनको योगदान अतुलनिय रहेको छ । स्वास्थ्य क्षेत्रको संस्थागत विकास, प्राकृतिक चिकित्सा, कोभिड १९, प्रविधिमैत्री शिक्षा, प्रदेशको भाषा संरक्षण, खोज, महिलाको शशक्तिकरण, बालमैत्री प्रदेशको परिकल्पना घिमिरेकै कार्यकालमा प्रदेशका अघि बढेको हो ।

कोभिड १९ को खोज, उपचारमा सातवटै प्रदेश मध्ये प्रदेश १ मा उत्कृष्ट व्यवस्थापन घिमिरेले नै गरेका थिए । समग्र प्रदेशसँगै निर्वाचन क्षेत्रमा पनि उनको योगदान उत्तिकै छ ।

निर्वाचन क्षेत्रको सडक, भौतिक पूर्वाधारको निर्माण, स्वास्थ्य, शिक्षा, खेलकुदमा महत्पूर्ण योगदान उनले गरेका छन् । प्रविधि मैत्री विद्यालय, एक पालिका एक खेल मैदान, जेष्ठ नागरिक दन्त उपचारलगायतका दर्जनौं नविनतम् कार्य घिमिरेकै कार्यकालमा प्रदेश सरकारले अघि बढाएको थियो । एक सफल व्यक्ति नेतृत्वमा पुग्दा कसरी समग्र विकास गर्न सक्छ भन्ने उदाहरण उनले दिएका थिए ।

प्रदेश योजना आयोगले गरेको प्रदेशका मन्त्रालयहरुको मूल्यांकनमा सामाजिक विकास मन्त्रालयलाई घिमिरेले आफ्नो कार्यकालभरि सर्वाेउत्कृष्ट बनाएका थिए ।

०३६ सालमा झापा शिवगञ्जको जन आदर्श माविको स्ववियु सभापतिबाट शुरु भएको राजनीतिक यात्रा अहिले केन्द्रीय सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा छन् । राजकाज मुद्धामा ५ वर्ष भूमीगत जीवन विताएका घिमिरेको मुद्धा ०४६ माफिर्ता भएको थियो ।

एमाले नेता घिमिरे सामाजिक संघ संस्थामा पनि उत्तिकै सक्रिय छन् । विराटराजा दरवार खोज तथा संरक्षण समिति संस्थापक अध्यक्ष, नेपाल योग तथा प्राकृतिक संघको उपाध्यक्ष, लायन्स क्लव ३२१ ए वान ब्राण्ड एम्वेसडर, मनमोहन प्राविधिक विश्वविद्यालय सभा सदस्य, रेडक्रस सोसाईटी लगायतका दर्जनौं संस्थामा उनको सक्रिय सहभागिता रहने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर