पूर्वाञ्चल खबर

प्रदेश सरकारले खेलकूद ऐन जारी गरेको चर्चा गर्दै मन्त्री घिमिरेले विराटनगरको शहीद रङ्शालामा रात्रिकालिन खेलकूदका लागि फ्लड लाइन जडान कार्य अन्तिम चरणमा पुग्नुका साथै र विराटनगर–१९ स्थित झापा वैजनाथपुरमा अन्तर्राष्ट्रि क्रिकेट मैदान निर्माण कार्यले गति लिएको बताए ।
राष्ट्रिय खेलकूद परिषदका पूर्व सदस्य सचिव केशव विष्टले नौ औ राष्ट्रिय खेलकूदका लागि अहिलेदेखि नै खेलाडीहरुलाई प्रशिक्षण दिएर प्रथम स्थान हासिल गर्न सकिने बताए ।
कार्यक्रमको संयोजक जीतन थापा, प्रदेश आइटिफका अध्यक्ष प्रवीण कार्की, जिल्ला अध्यक्ष प्रल्हाद राउत र राष्ट्रिय खेलकूद परिषदका पूर्व सदस्य किरण गिरीलगायतले राष्ट्रभक्तिमा खेलाडी सबैभन्दा अगाडि रहकोले उनीहरुलाई आवश्यक प्रशिक्षणका तीन तहको सरकारले व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
प्रदेशका १३ जिल्लाका २ सय खेलाडीहरुलाई दुई दिने सेमिनारमा सैद्धान्तिक प्राविधिक, व्यवहारिक, आत्मसुरक्षा र निर्णायक सम्वन्धमा प्रशिक्षण दिएको थियो ।