AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टि भएका पहिचानवादीसँग वार्ता गर्ने : मुख्यमन्त्री थापा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ श्रावण २०८०, शुक्रबार १७:३२
90
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापाले यस्तो बताएका हुन् । मन्त्रीपरिषदले पूर्णता पाएपछि पहिचानवादीसँग छलफलको लागि बार्ता गरिने उनले बताए । मुख्यमन्त्री थापाले प्रदेशको नाममा प्रदेशवासीको अपनत्व हुनुपर्नेमा विवाद नरहेको बताए । जसपालाई सरकारमा सहभागी गराउनका लागि सरकार प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार बनेको हो ।

१६ गते मुख्यमन्त्री भएका थापाले भोलि पल्टै कांग्रेसका प्रदीप सुनुवार, माओवादीका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरेका थिए ।

नामकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य भएको थापाको भनाइ रहेको छ ।

विश्वासको मत लिएपछि मात्रै वार्ता टोली बनाउने उनले बताएका छन् । गत फागुन १७ गते कोशी प्रदेश नामाकरण गरिएको थियो । नामको विरोधमा कोशीमा आन्दोलन चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर