भानु कलेजमा भर्चुअल कक्षा सञ्चालन

खबर पूर्वाञ्चल, १५ बैशाख २०७७, सोमबार १८:२९

विराटनगर / विराटनगर–९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी भर्चुअल  कक्षा सुरु गरेको छ ।

कोभिड–१९ को कारणले देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा व्यवस्थापन संकायका छात्र—छात्राहरुलाई लक्षित गरि भर्चुअल कक्षा सञ्चालन गरेको हो ।

भर्खरै शुरुवात गरिएकोले केही विद्यार्थीहरुयसमा आइनसके पनि लगभग ८० प्रतिशत विद्यार्थीहरु सहभागीभएका रहेका छन् । कक्षामा कारणवशः अनुपस्थित हुने विद्यार्थीहरु समेत यो विधिको पठन–पाठनमा सहभागी हुने भएकोले प्रभाव कारितामा अझ वृद्धि हुने देखिएको छ ।
घरैमा बसेर सम्वन्धित विषय शिक्षकसँग लाइभ कुराकानी गर्दै विषय वस्तुमा आएका समस्या सजिलै समाधान गर्न सकिने रहेछ । वास्तवमा यो विधी मार्फत अध्ययन गर्दा फरक अनुभूतीहुने रहेछ भन्ने कुराकक्षा १२ मा अध्ययनरत छात्रा श्रीजा पौडेलले बताइन् ।

अनलाइन कक्षाको शुरुवातले विद्यार्थीहरुमा पढाइलाई निरन्तरता दिन सहयोग हुनुको साथै बेकम्मा जस्ता भएका विद्यार्थीहरुलाई काम शुरु भए जस्तो अनुभव भएको लाहानबाट अभिभावक सुर्यनारायण चौधरीले टेलिफोन मार्फत बताउदै राम्रो कार्यको शुरुवात गरेकोमा कलेज व्यवस्थापनलाई धन्यवाद समेत दिए ।

हाललाई प्ले स्टोरबाट डाउन लोड गरिएको जुम एप्लिकेशनको सहायताले कक्षा सञ्चालनभइरहेको छ । यसले लकडाउनको समयमा आ–आफ्नो घरैमा बसी विद्यार्थीहरुमा पठन–पाठनमा लाग्न सहयोग हुने कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. shishir लेख्नुहुन्छ

    good. appreciate bhanu plus 2 effort.

  2. Roshan Kumar kewat लेख्नुहुन्छ

    Shishir

  3. Roshan Kumar kewat लेख्नुहुन्छ

    good.appreciate
    bhanu plus 2effort.

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५