animated ellipse animated ellipse

विद्युतिय रिक्सा संघको अध्यक्षमा राय

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ असार २०७९, शनिबार १८:२५
189
Shares
विराटनगर / अखिल नेपाल ट्रेड यूनियन विद्युतिय रिक्सा श्रमिक संघ मोरङको अध्यक्षमा प्रलात राय निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा आज भएको भेलाले रायलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

संघको उपाध्यक्षमा विनोदकुमार पाठक, सचिवमा चिरन्जिवी रेग्मी र कोषाध्यक्ष प्रदिप आचार्य रहेका छन् । समितिको सदस्यहरुमा अशोक राजवंशी, संन्जय कामत , राजकुमार राजवंशी, उमेश कामत, महेन्द्र पासवान, शंकर भुजेल, भगवान बस्नेत रहेका छन् ।

सिटी सफारी चालकहरुलाई लाइसेन्स वितरण तत्काल खोलेर वितरण गरिनुपर्ने, विराटनगर महानगरपालिकाले इ–रिक्सालाई दर्ता प्रक्रियामा सहज रुपमा गराइदिनुपर्ने उनीहरुले माग राखेका छन् । ‘पछिल्लो समय जथाभावी रुपमा विराटनगरको रानी क्षेत्रमा पैसाँ असुली गर्ने गरेका छन्,’ नवनिर्वाचित अध्यक्ष रायले भने, ‘यस्तो असुलीधन्दा तत्काल बन्द गरिनुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर