पूर्वाञ्चल खबर
आज मन्त्रालयमा नेपाल पत्रकार महासङ्घ प्रदेश १ समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री कार्कीले सञ्चारकर्मीहरुले खुलस्त, सत्य एवं तथ्यमा रहेर कलम चलाउन आग्रह गरे ।
समाचारकै भरमा कसैलाई पनि आग्रह वा पूर्वाग्रह नराखि समान व्यवहार गर्ने धारणा राख्दै मन्त्री कार्कील प्रदेशलाई समृद्ध बनाउन र जनताले उच्चतम अधिकार प्राप्त गर्न सरकारले अुनभूति दिने प्रतिवद्धता व्यक्त्त गरे ।
जनतालाई शान्ति सुरक्षाको सुनिश्चितता गरी कसैलाई पनि अन्याय हुन नदिने भन्दै मन्त्री कार्कीले सञ्चार, कानून र सुरक्षाको जिम्मेवारी रहेको यो मन्त्रालयले आफ्नो जिम्मेवारी गहनपूर्वक पूरा गर्ने कुरामा जोड दिए ।
जनता र सरकारको पुलको काम गर्ने पत्रकारिता क्षेत्रले अझ जिम्मेवारी र कर्तव्य पालना गर्न आग्रह गर्दै मन्त्री कार्कीले केही समय पछि नै मन्त्रालयले तत्काल गर्न सक्ने कामहरुका बारेमा जानकारी दिने बताए ।